नक्कली परिचपत्र बनाएर बेच्ने एक जनामा कोरोना संक्रमण पुष्टि::Best Online News Portal of Nepal

नक्कली परिचपत्र बनाएर बेच्ने एक जनामा कोरोना संक्रमण पुष्टि

नक्कली परिचपत्र बनाएर बेच्ने एक जनामा कोरोना संक्रमण पुष्टि

अनलाइन नेपाल
  • बुधबार, भाद्र २४ २०७७

  • 3K
    SHARES

  • नक्कली परिचपत्र बनाएर बेच्ने एक जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडाैं । कालिका प्रिन्टिङ सपोर्टका सञ्चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । नक्कली प्रेसकार्ड बनाउँदै बिक्री गरेको आरोपमा पक्राउ परेकामध्ये प्रिन्टिङका सञ्चालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नक्कली प्रेस कार्डदेखि स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बनाउने तीनजना र एकजना सेवाग्राहीलाई बागबजारबाट पक्राउ गरेको थियो ।

    पक्राउ गर्न गएको प्रहरी टोली, बयान लिने प्रहरी र अस्पतालमा परीक्षण गराउन लैजाने प्रहरीलाई आइसोलेसनमा राखिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार