Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सामूहिक बलात्कार प्रकरणमा कञ्चनपुरमा प्रहरी जवान पक्राउ

    सामूहिक बलात्कार प्रकरणमा कञ्चनपुरमा प्रहरी जवान पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 3.8K
    SHARES

    काठमाडाैं । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवानलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान रोहित रोकाया पक्राउ परेका हुन् ।

    पक्राउ परेका प्रहरी रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ । यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ । ‘किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो’, प्रवक्ता थापाले भने, ‘पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोहीअनुसार अनुसन्धान अघि बढेको छ ।’



    उनका अनुसार किशोरीले आफूलाई पाँच/छ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन् । किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार