Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नवलपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

    नवलपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2K
    SHARES

    पोखरा । नवलपुरका एक जना कोरोना संक्रमितको चितवनस्थित कोभिड अस्पतालमा मृत्यु भएको छ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय बृद्धको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। उनी मिर्गौला रोगबाट पीडित थिए।



    उनको चितवनमा मिर्गौलाको डायलासिस चलिरहेको थियो। कोरोना संक्रमण देखिएपछि भदौ १९ गते अस्पताल भर्ना भएका थिए।



    उनलाई खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार