Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अल्का अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    अल्का अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । काठमाडौंमा एक जना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।

    काठमाडौंको विशालनगरका ६७ वर्षीय वृद्धको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा भएको हो। उनको मंगलबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ।



    उनी मंगलबार बिहान अस्पताल भर्ना भएका थिए। श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।



    अस्पताल भर्ना भएपछि उनको स्वाब परीक्षण गरिएको थियो। मंगलबार नै कोरोना संक्रमण पुष्टिद भएको अस्पतालले जनाएको छ। उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार