Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रोनाल्डोको अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा

    रोनाल्डोको अन्तर्राष्ट्रिय खेलमा १ सय गोल पूरा

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडाैँ । क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले सो उपलब्धि हासिल गरेका हुन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो ।

    पहिलो हाफको अन्त्यमा उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगलका कप्तानले उक्त कोशेढुंगा पार गरेका थिए । उनको करियरमा फ्रिकिकबाट यो ५७ औँ गोल थियो ।त्यसपछि दोस्रो हाफमा रोनाल्डोले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल थपे । ८१ मिनेट खेलेका रोनाल्डो विश्वकीर्तिमानबाट अब मात्र ८ गोल टाढा रहेका छन् ।



    इरानका अली देइले मात्र रोनाल्डोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९३ देखि २००६ सम्म उनले १०९ गोल गर्न सफल भएका थिए । रोनाल्डोभन्दा पछि भारतका सुनिल क्षेत्री (७२ गोल) र अर्जेन्टिनाका लियोनेल मेस्सी (७०) गोल रहेका छन् । रोनाल्डोले अधिकांश गोल आफ्नो ३० औँ जन्मदिनपछि गरेका छन् । उनले यसक्रममा ४७ खेलमा ४९ गोल गरेका छन्।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार