Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनलाई अझै भड्काउँदै भारत, तिब्बती सैनिकको अन्त्येष्टिमा भाजपाका महासचिव

    चीनलाई अझै भड्काउँदै भारत, तिब्बती सैनिकको अन्त्येष्टिमा भाजपाका महासचिव

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 7.9K
    SHARES

    एजेन्सी। लद्दाखमा भारत-चीनबीच सीमा विवादलाइ लिएर भएको झडप अझै रोकिएको छैन । पछिल्लोपटक सीमा क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा एक भारतीय सैनिकको निधन भएपछि अझै तनाब कायम नै छ ।

    चीनको जनमुक्ति सेनाले भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको जनाएको छ।



    दुबै देशहरू दावी गरिरहेका छन् कि पहिलो गोली उनीहरूको सेनाले हानेको थियो। यी सबैको बीचमा, भारतीय जनता पार्टीका राष्ट्रिय महासचिवको एक बिबादास्पद कामले तिब्बतप्रति भारतको नीतिमा ध्यानाकर्षण गरेको छ।



    अगस्त ३० मा भारतको विशेष फ्रन्टियर फोर्स (एसएफएफ) का  सैनिक नीमा तेन्जिङ लद्दाखको पाङ्गोङ तालको दक्षिणी किनारमा रहेको ठाउँमा मारिएका थिए ।

    भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव राम माधव पनि सोमबार उनको अन्त्येष्टिमा सहभागी भए।

    भारतले तिब्बतलाई चीनको हिस्सा मान्दछ र कहिल्यै पनि विकास रेजिमेन्टको बारेमा आधिकारिक बयान दिदैन। यस्तो अवस्थामा तिब्बती सिपाहीको अन्त्येष्टिमा भारतको सत्तारूढ पार्टीका एक वरिष्ठ नेताको उपस्थितिप्रति चीन शसंकित भएको छ ।

    के राम माधवको नीमा तेन्जिनको अन्त्येष्टिमा आगमन मात्र संयोग वा ठूलो नीति परिवर्तनको दिशामा सानो सन्देश थियो? अन्त्येष्टि पछि, राम माधवले पनि ट्वीट गरे ।

    ट्वीटमा उनले लेखेका छन्  , ‘एसएफएफ सिपाही नीमा तेन्जिङको अन्त्येष्टिमा सम्मिलित भए । उनी तिब्बती सैनिक थिए, जसले लद्दाख सीमाको सुरक्षाका लागि आफ्नो जीवन बलिदान गरे। उनको बलिदानले भारत -तिब्बती सीमा क्षेत्रमा शान्ति ल्याएमा उनीप्रति साँचो श्रद्धाञ्जली हुनेछ। ‘

    यस ट्वीटको प्रत्येक शब्द छलफल भइरहेको छ। राम माधवले सैनिकलाई ‘तिब्बती’ भनेर वर्णन गरे र त्यसपछि ‘भारत-तिब्बती सीमा’ भन्ने शब्द प्रयोग गरे। भारतले विकास रेजिमेन्टलाई कुनै आधिकारिक मान्यता दिदैन र पहिल्यै नै  यसको उत्तरी सिमानालाई भारत -चीन सीमा भनिन्छ, भारत – तिब्बत सीमा होइन।

    तिब्बत, चीन र भारत

    सम्पूर्ण कुरा बुझ्नका लागि यो जान्नु महत्त्वपूर्ण छ कि चीनले तिब्बत कब्जा गरेपछी तिब्बतका नेता दलाई लामा भारत भागे र त्यसपछि तिब्बतीहरूको ठूलो जनसंख्या भारतको उत्तर-पूर्वी, दिल्ली, हिमाचलमा आयो।

    तिब्बतको चिनियाँ कब्जा पछि, भारत पुग्ने जनता र त्यसपछिका पुस्ताहरू विकास रेजिमेन्टमा भर्ना भएका छन्। रेजिमेन्ट जनरल सुजान सिंह उबानले सन् १९६२ को चीन-भारतीय युद्ध पछि गठन गरेका थिए । त्यतिबेला केवल तिब्बती युवाहरू मात्र सामेल थिए।

    यो रेजिमेन्टले सन् १९७१ मा भारतीय सेनासँग बंगलादेशको लडाईमा पनि भाग लियो। वर्तमानमा तिब्बतीहरू बाहेक गोर्खा समुदाय पनि यस रेजिमेन्टमा भर्ती भएको छ।

    राम माधव यस रेजिमेन्टका एक सिपाहीको अन्तिम यात्रामा संलग्न थिए।

    वर्षौंदेखि तिब्बतप्रति भारतको अडान फरक रह्यो, तर पछि भारतले २००३ मा तिब्बतलाई चीनको हिस्साको रूपमा मान्यता दियो। त्यो बेला  प्रधानमन्त्री अटल बिहारी वाजपेयी थिए। (बिबिसीबाट साभार)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार