Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मनोसामाजिक समस्याविरुद्ध चेतना फैलाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसका कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँगकाे परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनोचिकित्सकको विशेष योगदान हुने बताए ।

प्रधानमन्त्रीले स्पष्ट गरे, 'कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतना अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्छ ।'

प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कार्यक्रममा प्रा. डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्रा. डा. सरोजप्रसाद ओझा, प्रा. डा. दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेललगायत विज्ञले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077