Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कीर्ते नागरिकता लिएको आरोपमा उद्योगी पक्राउ

    कीर्ते नागरिकता लिएको आरोपमा उद्योगी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 6.2K
    SHARES

    फाइल फोटो

    मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कीर्ते कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा एक उद्योगीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय रौतहटबाट ५९ वर्षीय विप्लपकान्ति बोस (विके)ले किर्ते कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी इन्द्रबहादुर रानाका अनुसार विप्लपकान्तिलाई मंगलबार हेटौँडा, ५ गर्दोईबाट पक्राउ गरी रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ ।



    जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउको लागि मकवानपुर प्रहरीलाई पत्र लेखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपित विप्लपकान्ति बोसको नाममा हेटौंडा औद्योगिक क्षेत्रभित्र सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दोइमा नारायणी मिल्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार