Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कन्टेनरमा लागूऔषध ओसारपसार गर्ने तीन जना यसरी परे महाशाखाको फन्दामा

    कन्टेनरमा लागूऔषध ओसारपसार गर्ने तीन जना यसरी परे महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले टोलीले कन्टेरमा अवैध लागूऔषध ओसारपसार गर्ने तीन जनालई पक्राउ गरेको छ । कन्टेनरमा अबैध लागूऔषध ओसारपसार गरी भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुर समेतबाट खटिएको सयुंक्त टोलीले एक कन्टेनरसहित २ जनालाई पक्राउ गरेको हो ।

    आज विहान सल्लाघारी स्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनारामा रोकी राखेको ना३ख९८९ नम्बरको कन्टेनरसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–७ का ३६ वर्षिय विष्णु प्रधान र सोही स्थानका ३७ वर्षिया डम्बरबहादुर प्रधान छन् ।



    प्रहरीले पक्राउ परेकाहरुकै बयानका आधारमा उनीहरुसँगै लागूऔषध कारोबार गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–५ का ३२ वर्षिय शंकर खड्का समेतलाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरिएको छ ।



    प्रहरी टोलीले कन्टेनर जाँच गर्दा उक्त कन्टेनरको चालकको सिट र चालक सँगैको सिट मुनी रहेको दुई वटा जेब्रा झोलामा लागूऔषध बरामद् भएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले अनलाइन नेपाललाई बताए ।

    प्रहरीले कन्टेनरबाट डाईजापाम – २९५० एम्पुल, नाईट्रोभेट – ३००० एम्पुल, Promathazine- २९५० एम्पुल, Buprenorphine– १५०० एम्पुल र Noophin- १४०० एम्पुल बरामद गरेको छ ।

    पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर भक्तपुर पठाईएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार