Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • शेयर बजार ७.३५ अंकले बढ्यो

    शेयर बजार ७.३५ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार मंगलवार ७ दशमलव ३५ अंक बढेको छ । २ बजेर ४३ मिनेटसम्म घटेको बजार त्यसपछि भने उकालो लागेकाे हाे । सोमवार शेयर बजार १२ दशमलव १७ अंक घटेर १ हजार ४८७ दशमलव ८१ विन्दुमा बन्द भएको थियो ।

    मंगलवार भने १ हजार ४९१ दशमलव ३३ विन्दुदेखि खुलेको बजार १ हजार ४७७ दशमलव ३८ विन्दुसम्म झरेको थियो । सोमवारको तुलनामा मंगलवार कारोबार रकममा भने कमि आएको छ । सोमवार रू. २ अर्ब १६ करोड ४९ लाख ३० हजार बराबरको शेयर कारोबार भएको थियो ।



    १९० ओटा कम्पनीको २३ हजार २९७ पटक खरिदबिक्री हुँदा १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार रूपैयाँ काराेबार भएकाे छ । ४१ लाख ८० हजार ८१६ कित्ता शेयर कारोबार भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार