Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • असोज १ गतेदेखि सार्वजनिक यातायात चलाउने तयारी

    असोज १ गतेदेखि सार्वजनिक यातायात चलाउने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 5.2K
    SHARES

    पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी पाइभेट लिमिटेडले असोज १ गतदेखि आफ्ना सवारी सञ्चालनमा ल्याउन तयारी थालेको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सरकारले सार्वजनिक यातायात सञ्चालनको लागि अनुमति नदिए पनि सवारी सञ्चालनमा ल्याएरै छाड्ने बताए ।

    अध्यक्ष केसीले सरकारले आफूहरुमाथि कारबाही थाले पनि त्यसको भागिदार बन्न तयार रहेको बताए । कुनै पनि हालतमा निर्णयबाट पछि नहट्ने उनको अडान छ । १ सय ७० दिन लामो बन्दाबन्दीमा बस्दा राज्यले कुनै राहतको पनि व्यवस्था नगरेको भन्दै उनले गुनासो पोखे । बैंक तथा वित्तिय संस्थाको बारेमा पनि स्पष्ट नीति नल्याउँदा यातायात मजदुरहरु भोकै मर्नुपर्ने अवस्था आएको जिकिर गरे ।



    सार्वजनिक यातायात सञ्चालनमा थुनछेक भई रहँदा प्राइभेट गाडीहरुले भने निर्वाध रुपमा यात्रु बोकेको उनको आरोप छ । उनले पूर्ण रुपमा सुरक्षा सर्तकता अपनाएर यातायात सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए । दुई वटा सिटमा एक जना मात्रै यात्रु राखेर सवारी सञ्चालनमा ल्याउने उनले सुनाए । ‘



    उनले यातायात व्यवसायी कसैको प्रलोभनम, त्रास, दबाबमा परेर सवारी घरैमा थन्क्याएर नराख्ने जिकिर गरे । राज्यले केही गरेन भनेर बस्नुभन्दा कोरोनाको सामना गर्न आफूहरु तयारी अवस्थामा बसेको उनले बताए । पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सञ्चालनमा आउने तयारी थाले पनि पोखरा बस व्यवासायी कम्पनीले भने सरकारी निर्णय पर्खेर बसेको छ । यातायात सञ्चालनसम्बन्धि सरकारको स्पष्ट धारणा आएपछि मात्रै सञ्चालनमा आउने कम्पनीका अध्यक्ष देउप्रसाद गुरुङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार