वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।
उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि साउन १४ गतेदेखि नै उनी वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना भएर उपचार गराउँदै आएका थिए ।
ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।
Leave a Reply