Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • सशस्त्रका लेखा अधिकृतहरुको सरुवामा आर्थिक चलखेल, महालेखा परीक्षकको निर्देशन उल्लंघन

    सशस्त्रका लेखा अधिकृतहरुको सरुवामा आर्थिक चलखेल, महालेखा परीक्षकको निर्देशन उल्लंघन

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 7.5K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीका लेखा अधिकृतहरुको सरुवामा आर्थिक चलखेल भएको छ । केन्द्रीय लेखाका प्रमुख इन्स्पेक्टर गणेशबहादुर मल्ल र आईजीपी शैलेन्द्र खनालका पीए इन्स्पेक्टर नारायण गुरुङले लेखा अधिकृतहरुसँग सेटिङ गरी सरुवा गरेको आरोप छ । आईजीपी खनालले यी दुई जनाको सिफारिसमा लेखा अधिकृतहरुको सरुवा गरेको स्रोत वताउँछ ।

    सरुवामा भेगीय हिसाबले एकै भेगका इन्स्पेक्टरहरुले आकर्षक कार्यालयमा जाने मौका पाएका छन् । सशस्त्रको सबैभन्दा बढी आर्थिक कारोबार हुने मद्दति सेवा निर्देशनालय उमाकान्त जोशीलाई सरुवा गरिएको छ । मद्दति सेवा निर्देशनालयका महेन्द्र हमाललाई अर्काे भ्रष्टाचार गर्ने केन्द्र एपीएफ अस्पतालमा सरुवा गरिएको छ ।



    विकासको काम हेर्ने मद्दति सेवा निर्देशनालयमा तीन वर्षमा लेखा अधिकृत रहेका हमाललाई आकर्षकबाट पुनः आकर्षकमा नै सरुवा गरिएको छ । ५ नम्बर प्रदेश, बाग्मती प्रदेशबाट विकास थापा पुनः २ नम्बर प्रदेशको लेखा अधिकृतमा सरुवा भएका छन् ।



    डोलराज अर्याल २ नम्बर प्रदेशबाट १ नम्बरको लेखा अधिकृतमा खटाइएका छन् । त्यसैगरी सरुवा हुने लेखा अधिकृतहरुमा दिवाकर राउत नौबस्ता तालिम केन्द्र नेपालगञ्ज, पार्वती अधिकारी कार्यविभाग हेडक्वार्टर, उर्मिला थापा अस्पतालबाट एकेडेमी हु“दै प्रशासन विभागमा पुगेकी छिन् । जबकि महालेखा परीक्षकको कार्यालयले सशस्त्र प्रहरी हेडक्वार्टर र नेपाल प्रहरीको हेडक्वार्टरमा एउटै लेखा प्रणाली राख्न दुई वर्ष पहिले लिखित निर्देशन दिएको थियो ।

    नेपाल प्रहरीले त्यसलाई कार्यान्वयन गरेको छ, तर सशस्त्र प्रहरीले विभागैपिच्छे लेखा अधिकृत राखेर निर्देशन उल्लंघन गरेको छ । लेखापरीक्षण गर्दा भने एउटै लेखा प्रणाली रहेको देखाउने गरेको छ । नेपाल प्रहरीमा विभागैपिच्छे लेखा अधिृकत राख्ने व्यवस्था हटाइसकिएको छ । तर सशस्त्रमा भने यथावत राखिएको छ । लेखा अधिकृतहरु राउत, अधिकारी र थापा तीनैजना आईजीपीका पीएका ब्याची हुन् ।

    लेखा अधिकृतहरुको सरुवाको अघिल्लो दिनसम्म सूचीमा नाम नरहेका शोभाकान्त ढकाल एकेडेमीबाट ५ नम्बर प्रदेशमा जाने मौका पाएका छन् । आईजीपीको निवासमा गएर भेटेपछि उनको सरुवा भनेकै ठाउँमा भएको स्रोत बताउँछ ।

    त्यसैगरी सन्तोष चन्दलाई अस्पतालबाट कल्याणमा ल्याइएको छ । प्रमोद थापा विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा सरुवा भएका छन् ।

    ककनी यूएन तालिम केन्द्रमा तुलसिंह केसी, प्रदेश नं. ४ मा रमेश थापा, बाग्मती प्रदेशमा गोविन्द ठगुन्ना, ५ नम्बर प्रदेशमा करबहादुर घर्तीमगर, कर्णाली प्रदेशमा राजेश सिंह, सुदूरपश्चिम प्रदेशमा चन्द्रबहादुर राजकोटी, ९ नम्बर उपत्यका बाहिनीमा सुजन गिरी, लामापाटन तालिम केन्द्रमा कोशप्रसाद कलौनी, बर्दघाट तालिम केन्द्रमा यामबहादुर जिसी, मातातिर्थ एकेडेमीमा रामबहादुर खिउजु, नयाँ खुलेको प्राविधिक शिक्षालय पथलैया बारामा लोकबहादुर थापालाई खटाइएको छ । कल्याणबाट उनलाई अर्काे आकर्षक शिक्षालयमा खटाइएको छ ।

    प्राविधिक शिक्षालय ठूलो बजेट भएकाले थापालाई त्यहाँ पठाइएको स्रोत बताउँछ । हालका आईजीपी खनाल तत्कालीन मध्यक्षेत्रीय सशस्त्र प्रहरी कार्यालयको डीआईजी हुँदा थापा त्यहाँका लेखा अधिकृत थिए । प्राविधिक शिक्षालयमा लेखा अधिकृतमा डीएसपीको दरबन्दी छ । तर आईजीपी खनालले आफूसँगै काम गरेका कारण थापालाई मौका दिएको स्रोत बताउँछ ।
    प्राविधिक शिक्षालयको प्रमुखमा एसएसपी लक्ष्मण सिंहलाई पठाइएको छ । उनी टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका अधिकृतहरुलाई आन्दोलनकारीले भालाले रोप्दा पनि प्रतिरक्षा नगरी मुकदर्शक भएर बसेका थिए । यदि सशस्त्र प्रहरीले बेलैमा हस्तक्षेप गरेको भए, न्यौपानेसहितका अधिकृत र बालबालिकाको ज्यान अनाहकमा नजाने अवस्था थियो ।

    तिनै टीकापुर काण्डका असक्षम एसएसपीलाई ठूलो बजेट भएको प्राविधिक शिक्षालयको प्रमुखका रुपमा सरुवा गरिएको छ । यो सरुवा लेखा अधिकृत गणेश मल्लकै सल्लाहमा आईजीपी खनालले गरेको चर्चा सशस्त्रमा हुने गरेको छ ।

    स्रोत भन्छ–इन्स्पेक्टर मल्ल सशस्त्रमा एसएसपीसमेत सरुवा गर्ने हैसियत आफ्नो भएको बताउने गर्दछन् । लेखा अधिकृतको सरुवामै उनको प्रभाव राम्रोसँग देखिएको छ । उदाहरणका लागि महेन्द्र हमाल, सन्तोष चन्द, उमाकान्त जोशी, राजेश सिंह, गोविन्द ठगुन्ना र सुरेशप्रसाद कलौनीलाई लिन सकिन्छ । यी सबै मल्लकै सेटिङमा आकर्षक बजेट भएका ठाउँमा अवसर पाउने भाग्यमानी हुन् । गणेश मल्ल र नारायण गुरुङको टोलीले लेखाअधिकृत सरुवामा कार्यालय र बजेट हेरी दररेट तोकी असुली गरेको आरोप उनीहरुमाथि लागेको छ ।(साँघु साप्ताहिकबाट )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार