Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • धनुषाबाट साढे १० लाखको धातुसहित दुई जना पक्राउ

    धनुषाबाट साढे १० लाखको धातुसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । प्रहरीले धनुषाबाट करिब साढे १० लाख रुपैयाँ बराबरको धातुसहित दुई जनालाई पक्राउ गरेको छ । दुईवटा साइकलमा आएका युवाहरुलाई जनकपुरको सुनचाँदी बजारबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका –७ बस्‍ने २० वर्षीय श्याम दास र सोही ठाउँमा घरमा भएका २२ वर्षीय नुरारी लहेरी छन् ।



    सुनचाँदीको गहना बनाउन प्रयोग गरिने ५० किलो उक्त धातुको अन्दाजी मूल्य दस लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।



    उनीहरु दुवै जनालाई बरामद भएको धातुसहित कारवाहीको लागि सोमबारै जिल्ला भन्सार कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार