Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धनुषाबाट साढे १० लाखको धातुसहित दुई जना पक्राउ

काठमाडाैं । प्रहरीले धनुषाबाट करिब साढे १० लाख रुपैयाँ बराबरको धातुसहित दुई जनालाई पक्राउ गरेको छ । दुईवटा साइकलमा आएका युवाहरुलाई जनकपुरको सुनचाँदी बजारबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका –७ बस्‍ने २० वर्षीय श्याम दास र सोही ठाउँमा घरमा भएका २२ वर्षीय नुरारी लहेरी छन् ।

सुनचाँदीको गहना बनाउन प्रयोग गरिने ५० किलो उक्त धातुको अन्दाजी मूल्य दस लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जनालाई बरामद भएको धातुसहित कारवाहीको लागि सोमबारै जिल्ला भन्सार कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077