Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाघको छाला र हड्डीसहित दुई जना पक्राउ

काठमाडाैं । प्रहरीले बझाङको बुङगलबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय बिरेन्द्र बोहरा रहेका प्रहरीले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा छाला र हड्डी फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077