Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एकै परिवारका चार जनामा कोरोना संक्रमण

    एकै परिवारका चार जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2K
    SHARES

    काठमाडाैँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

    नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पिसिआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ । कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।



    भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको सङ्क्रमण भएको अनुमान गरिएको छ । श्रीमतीमा कोरोनाको सङ्क्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङको कार्य गर्दा परिवारका तीन जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको हो ।



    परिवारका अन्य सदस्यमा कोरोनाको सङ्क्रमण भएको पाइएको छैन । कोरोनाको सङ्क्रमणको आशङ्का भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएको चार दिनदेखि नै क्वारेन्टिनमा बस्दै आएको कार्यालय सहयोगीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार