Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोनाबाट मृत्यु हुनेकाे अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ

    कोरोनाबाट मृत्यु हुनेकाे अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने सुवास सुब्बा लिम्बु पक्राउ परेका हुन् ।

    महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार पक्राउ परेको हो । महाशाखाका एसएसपी दीपककुमार थापाले ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको बताए । लिम्बले आफूलाई प्राकृतिक चिकित्सक बताउने गरेका छन्।



    पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार