Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयरको टाउको काट्छु भन्ने शाक्य पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टाउको काट्ने अभिव्यक्ति दिने व्यक्तिलाई पक्राउ गरेकाे छ ।

राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्नसमेत सहभागी बनेका ललितपुरका संजय शाक्यलाई आइतबार साँझ नख्खुबाट पक्राउ गरिएकाे महाशाखाले जनाएकाे छ ।

गत बिहीबार रथ तान्ने क्रममा भएको झडपकाे विषयमा ललितपुर महानगरका मेयर महर्जनको टाउको काट्ने अभिव्यक्तिसमेत दिएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । शाक्यले विभिन्न युटुवहरुमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएको र त्यसपछि नख्खुमा लुकेर बसेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका शाक्यलाई अपराध महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर बुझाएको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी भएकइ छ । शाक्यसहित पुल्चोकको घटनाम पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077