Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • ब्राजिलमा कोभिडका संक्रमित करिब ४१ लाख

    ब्राजिलमा कोभिडका संक्रमित करिब ४१ लाख

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या करिब ४१ लाख पुगेका छन् ।

    शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् ।



    गएको २४ घन्टाभित्र शुक्रबार यहाँ ५० हजार १६३ जना सङ्क्रमित भेटिएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।



    उक्त मन्त्रालयकाअनुसार कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा १ लाख २५ हजारभन्दा बढीको ज्यान गएको छ ।

    शुक्रबार मात्र यहाँ ८८८ जनाको ज्यान गएको थियो ।कोरोना भााइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुनेमा ब्राजिल अमेरिकापछिको दोस्रो देश हो ।

    अमेरिकामा ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

    अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ६७ लाख मानिस संक्रमित भएका छन् भने ८ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार