Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गौतमलाई अर्थमन्त्री बनाउन ‘बिचौलिया’ भट्टको सक्रियता, पौडेल र शर्माको पनि साथ !

    गौतमलाई अर्थमन्त्री बनाउन ‘बिचौलिया’ भट्टको सक्रियता, पौडेल र शर्माको पनि साथ !

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 4.7K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहँदा नचाहँदै पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन हुन सफल भएपछि गौतम निकट ठेकेदारहरु फेरी सल्बलाउन थालेका छन्।

    अब ओलीमाथि अर्को आपत आइपरेको परेको छ, गौतमलाई राम्रो मन्त्रालयसहित वरिष्ठ उपप्रधानमन्त्री बनाउनुपर्ने बाध्यता ।  गौतमले सरकारमा सक्रिय सहभागिताको चाहना व्यक्त गरिसकेको र उनका पछाडि ठुलो समुह सक्रिय रहेको हुँदा गौतमले राम्रो मन्त्रालय पाउने लगभग पक्का रहेको नेकपाकै एक केन्द्रिय सदस्य दाबी गर्छन्।



    गौतमका विश्वासपात्र तथा लगानी बोर्डका सिइओ सुशील भट्ट र उनका भाई ठेकेदार दीपक भट्टले राष्ट्रिय सभामा लगेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाउन बालुवाटारमा सक्रियता देखाउँदै आएका थिए।



    भट्ट दाजुभाईले आफ्नो स्वार्थ पुरा गर्नका लागि  ललितानिवास काण्डमा ओलीले जोगाएका नेकपाकै महासचिव बिष्णु पौडेललाई अहिले भित्रभित्रै प्रयोग गरिसकेको नेकपा स्रोत वताउँछ।

    स्रोतका अनुसार पौडेल पनि गौतमलाई राम्रो मन्त्रालय दिएर राजनीतिक सन्तुलन मिलाउनु पर्छ भन्दै बालुवाटारमा लबिङ गर्न थालेका छन्।

    भट्ट दाजुभाईसँग पौडेलको पनि रहस्यमय उठबस रहेको जानकार स्रोत वताउँछ। ठेकेदार दीपक भट्टले गौतमलाई अर्थमन्त्री बन्न उकासिरहेका छन्, किनकी जुनसुकै मन्त्रालयमा अर्बौ ठेक्काका काम गर्न अर्थले बजेट निकासा गर्नु पर्ने हुन्छ।

    कुनै समय नेपाल प्रहरीको प्रमुखमा उपेन्द्रकान्त अर्याल छँदा भट्टले हतियार खरिदको लागि ६ अर्ब  बढीको बजेट आँफै बनाउन लगाएर प्रहरीमा चलखेल गरेका थिए। यो त एक उदाहरण मात्र हो।

    गौतम उप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा तत्कालिन एआइजी रमेश चन्द ठकुरीलाई आइजीपी बनाउन पनि भट्टले भूमिका खेलेका थिए । त्यसबेलादेखि नै गौतम र भट्ट दाजुभाईहरुको सम्बन्ध बाहिर आएको थियो।

    लगानी बोर्डको सिइओ नियुक्तिमा गौतम र पौडेलले ओलीलाई दबाब नदिएको भए सुशील भट्टले नियुक्ती नै पाउने थिएनन्। गौतमलाई अर्थमन्त्री बनाएर भट्टहरुले विभिन्न मन्त्रालयमा बजेट हाली ठेक्का हत्याउने  ठुलो योजनालाई ओलीले पुरा गर्छन् कि गर्दैनन् ? केही समय पर्खनु नै पर्ने हुन्छ।

    नेकपा भट्ट दाजुभाईको कम्पनी ?

    साउन ३ गते सचिवालय बैठकअघि अध्यक्षद्व ओली, प्रचण्ड सँगै महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच बैठक हुँदा नै भट्ट दाजुभाईको चलखेल बाहिर आएको थियो।

    त्यहाँ नेताहरु भन्दा पहिले नै दीपक भट्ट पुगिसकेका थिए । त्यहाँ भट्टकै निर्देशनमा सहमतिको दुई मस्यौदा तयार पारिपारिएको जानकारी पाएपछि प्रचण्डले नेकाप अब ठेकेदारको कब्जामा परिसकेको आफु निकटलाई वताएका थिए।

    त्यतिखेर अध्यक्ष प्रचण्डले असोजमा विशेष महाधिवेशन गरौं, फागुनमा यो सरकार ३ वर्ष पुग्छ, त्यतिखेरै सरकार फेरौं भनेर प्रस्ताव गरेका थिए । तर ओलीले मंसिरमा  महाधिवेशन गर्ने ०७८ को बजेट आएपछि चुनावी सरकारको नेतृत्व प्रचण्डलाई सुम्पिने प्रस्ताव राखेका थिए  ।

    स्रोत भन्छ, ‘ओलीको यो प्रस्तावमा प्रचण्डलाई मनाउने जिम्मा भट्टले लिएका थिए।किनकी प्रचण्डका नजिकका नेता जनार्दन शर्मा नै भट्टको प्रभावमा थिए। शर्मा उर्जा मन्त्रालयमा हुँदा नै बूढी गण्डकी परियोजनाको ठेक्का भट्ट एजेण्ट रहेको चिनियाँ कम्पनी गेजुवाले पाएको थियो ।महासचिव पौडेल त भट्टको कुरामा दाँया बाँया गर्न सक्ने हैसियतमा नै थिएनन् ।’

    अहिले वामदेबलाई सांसद र मन्त्री बनाउने नाममा उनै भट्टले नै ओलीमाथि समस्या खडा गर्न थालेको ओली निकट नेताहरुको बुझाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार