Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • धरानमा कोरोनाबाट ४३ वर्षीया महिलाको मृत्यु

    धरानमा कोरोनाबाट ४३ वर्षीया महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 4.7K
    SHARES

    फाइल तस्बिर

    सुनसरी ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड – १९ को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको हिजो शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।



    प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।



    न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो । बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । पछिल्लो पटक श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा.सापकोटाले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार