Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीएमसीमा २७ र भरतपुर अस्पतालमा ९ गरी चितवनमा थप ३६ जनामा कोरोना पुष्टि

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) कोभिड ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

त्यस्तै  भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुबैमा जोडेर थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित मध्ये चितवनका २८ र अन्य विभिन्न जिल्लाका ८ जना रहेका छन् । भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेको भरतपुर अस्पतालले जनाएको छ ।

यस्तै राप्ती नगरपालिकाका १, रत्ननगर नगरपालिकाका १ , मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक.एक जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077