Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लियोनल मेसीले लिए ‘यू टर्न’: किन छाडेनन् बार्सिलाेना ?

    लियोनल मेसीले लिए ‘यू टर्न’: किन छाडेनन् बार्सिलाेना ?

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 3.7K
    SHARES

    बार्सिलोना । अन्तत: लियोनल मेसीले ‘यू टर्न’ लिएका छन्। साथै उनले बार्सिलाना नछाड्ने भएकाछन्। सुरुमा बार्सिलोना छाडेर अन्यत्र जान चाहेको बताएको १० दिनपछि उनले मन फेरे र शुक्रबार रातितिर भने, बार्सिलोनामै रहने हो ।

    आफ्ना मनका कुरा उनले गोल डटकमलाई अन्तर्वार्तामा भनेका छन् । के भन्छन् त यी ३३ वर्षीय अर्जेन्टिनी स्टार ? उनकै शब्दमा :



    ‘मलाई लाग्छ, म बार्सिलोना छाड्न स्वतन्त्र थिएँ । यो कुरा मैले क्लब अध्यक्षलाई पनि भनेको थिएँ । म सिजनका अन्त्यमा अन्यत्र जान चाहन्थें, तर अध्यक्षले आफ्नो वचन राखेनन् ।



    मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु, किनभने अध्यक्षले भनेका छन्, मैले क्लब छाड्ने एक मात्र उपाय भनेको ७० करोड युरो तिर्नु हो, जुन कसैका लागि पनि सम्भव छैन ।

    क्लबले भनिरहेको छ, मैले जुन १० अगाडि नै क्लब छाड्न सक्ने अनुबन्धको बुँदा उपयोग गर्नु पर्ने हो, त्यसपछि यो अस्तित्वमा रहन्न । तर कोरोना भाइरस संक्रमणको महामारीले गर्दा स्पेनी ला लिगा त्यो समय मध्य भागमै मात्र पुगेको थियो ।

    बार्सिलोना छाड्ने एउटा उपाय भनेको अदालत जाने हो, तर मैले यस्तो काम कहिले पनि गर्दिनँ, किनभने म बार्सिलोनालाई माया गर्छु, यो क्लबले मलाई धेरै दिएको छ । यो मेरो जीवनको भाग हो, यहाँ मैले आफ्नो जीवन बिताएको छु ।

    अब म अगाडि बढ्न चाहन्छु र माथिल्लो स्तरको फुटबल खेल्न चाहन्छु, बढी भन्दा बढी उपाधि जित्न चाहन्छु । म युरोपेली च्याम्पियन्स लिगमा खेल्न चाहन्छु ।

    जति बेला मैले बार्सिलोना छाड्ने निर्णय श्रीमती र बच्चाहरूलाई सुनाएँ, उनीहरू रून थाले । उनीहरू कोही पनि बार्सिलोना छाड्न चाहन्नन् । बच्चाहरू त स्कुल पनि फेर्ने चाहन्नन् ।

    म बार्सिलोनालाई धेरै माया गर्छुं । यस्तो राम्रो सहर अन्यत्र कतै पाइन्न । अब नयाँ चुनौतीका लागि तयार छु । बार्सिलोनामा मेरो सबथोक रहेको छ ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार