Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अर्थ र सञ्चार मन्त्रालय पनि प्रधानमन्त्री ओलीले सम्हाल्ने

    अर्थ र सञ्चार मन्त्रालय पनि प्रधानमन्त्री ओलीले सम्हाल्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्हालने भएका छन् । शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएकी हुन् ।

    राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी खतिवडाले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको जनाएको छ । संवैधानिक व्यवस्थाका कारण खतिवडाले पदबाट आज राजीनामा दिएका थिए ।



    संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि ६ महिना उनी संवैधानिक व्यवस्था अनुसार मन्त्री पदमा आसीन थिए ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार