Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा

    अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएका बुझाएका हुन् ।

    राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए ।



    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ ।



    तत्कालका लागि सांसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वत: सकिदै छ। प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् । खतिवडा गैर संसाद नै ६ महिनासम्म मन्त्री बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार