धादिङ । वृद्धको हत्या गरी टाउको नै काटेर झोलामा हालेर आत्मसमर्पण गर्न आउने व्यक्तिलाई धादिङ प्रहरीले सार्वजनिक गरेको छ । विहिबार राती धादिङको निलकण्ठ नगरपालिका १३ खल्चेतमा राजु परियारले सामान्य बिबादमा सोमबहादुर गुरुङको हत्या गरेका थिए ।
परियारले सामान्य विवाद हुँदा ६५ वर्षिय गुरुङमाथि खुर्पाले हानेर हत्या गरी टाउको नै लिएर राति १ बजेतिर प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। उनी टाउको झोलामा लिएर डेढ घण्टा पैदल हिँडी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई ज्यान मार्ने मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
यस्तो थियो घटना विवरण
नीलकण्ठ नगरपालिका वडा नम्बर १३ खल्चेतका २६ वर्षिय राजु परियार दिनभर निर्माणको काम गर्थे ।
मिस्त्रीको काम गर्ने उनी विहिबार साँझ काम गरेर घर फर्कदै थिए । बाटोमा ६५ वर्षिय सोमबहादुर गुरुङ मदिरा पिएर बसिरहेका रहेछन् ।
राजुले गुरुङसँगै मदिरा खाए । यत्तिकैमा घरमा सुत्न जाने कुरा भयो । मदिराले लठ्ठिएका गुरुङ तेरी श्रीमतीसँग गएर सुत्छु’ भनेपछि राजु रिसाए । ‘नातिनी जस्तो मान्छेलाई यस्तो भन्ने हो’ भन्दै राजुले सम्झाउन खोजे । तर, उल्टै सोम बहादुरले राजुलाई २ थप्पड हो ।
कुटाई खाएपछि राजु सरासर घर गए र झोलामा खुर्पा हालेर गुरुङ भएतिर आए । त्यसपछि उनले गुरुङमाथि खुर्पा प्रहार गरि हत्या गरे ।
हत्यापछि उनी राती करिब ११ बजे साङकोषको खाल्चेतबाट हिँडेरै जिल्ला प्रहरी कार्यालयमा आए ।
झोलामा रहेको सोमबहादुरको टाउको देखाएर मैले हत्या गरेँ, मलाई कारबाही गर्नुस् भन्दै प्रहरी समक्ष आत्म समर्पण गरे। जुन घटनाले प्रहरी अधिकारीहरु नै अचम्मित बन्न पुगेका छन्।
Leave a Reply