Online Nepal
  • मंगलबार, १५ माघ २०८१
  • कर्मचारीमा कोरोना पुष्टि भएपछि मन्त्री नेम्वाङ क्वारेन्टिनमा

    कर्मचारीमा कोरोना पुष्टि भएपछि मन्त्री नेम्वाङ क्वारेन्टिनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भौतिक मन्त्री बसन्त नेम्वाङ पनि होम क्वारेन्टिनमा बसेका छन्।

    बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ति कर्मचारी भने एक निजी अस्पतालको आइसोलेसनमा बसेका छन्। उनले सोमबार स्वाव दिएका थिए ।



    कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरूको आज स्वाब झिकिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद बैठकमा समेत सहभागी भएका छैनन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

    १२ बजेपछि सुरु भएको बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ ।

    बिहीबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

    ६ महिनादेखि राष्ट्रियसभामा १ सदस्यको पद खाली छ । योसँगै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडा बिदा हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार