Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीद्वारा कोभिड -१९ का विरामीको उपचार

    चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीद्वारा कोभिड -१९ का विरामीको उपचार

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.9K
    SHARES

    चितवन। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा  प्लाज्मा थेरापीद्वारा कोभिड -१९ का विरामीको उपचार शुरु भएको छ । राजधानी बाहिर चितवनमै यो पहिलो पटक शुरु गरिएको हो।

    शास फेर्न गार्हो हुने र छाती दुख्ने समस्याले हेटौंडा -११ का ५२ वर्षीय महिला  भदौ ११ गते चितवन मेडिकल कलेजको इमेर्जेन्सीमा भर्ना हुन आएकी थिइन ।



    सिएमसीका अनुसार उनको तुरुन्तै इमर्जेन्सीमा उपचार पनि शुरु गरियो। त्यसै दिन कोरोना परिक्षणको लागि स्वाब सँकलन गरियो र उनलाई आईसीयुमा उपचार गरियो। उनको भोलिपल्ट विहानै कोभिड पोजिटीभ रिपोर्ट आएको थियो।



    त्यसपछी उनलाई कोभिड आईसीयु-२ मा सारेर पुन: उपचार शुरु गरियो। सिएमसी प्रशासनका अनुसार हिजो  डा. शितल अधिकारी र डा. दयाराम लम्सालको टिमले चितवनमा नै पहिलो पटक सफल प्लाज्मा थेरापी शुरु गरेको छ।

    महिलाको ब्लड ग्रुप बी-पोजेटिभ हो। सिएमसी प्रशासनले  चितवनको ब्लड बैंकको टिम  र सो प्लाज्मा दातालाई धन्यवाद र बधाई दिएको छ । हाल चितवन मेडिकल कलेजमा जम्मा २०४ वटा वेड छुट्टयाएर वेग्लै ‘इन्ट्रान्स’  बनाइ ५९ वेड सिरियस विरामीलाइ छुट्टयाइएको छ ।

    दुइवटा कोभिड आईसीयु बनाएर बिरामीलाई सेवा दिइराखेको प्रदान गरिएको सिएमसी अस्पतालले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार