Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीद्वारा कोभिड -१९ का विरामीको उपचार

चितवन। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा  प्लाज्मा थेरापीद्वारा कोभिड -१९ का विरामीको उपचार शुरु भएको छ । राजधानी बाहिर चितवनमै यो पहिलो पटक शुरु गरिएको हो।

शास फेर्न गार्हो हुने र छाती दुख्ने समस्याले हेटौंडा -११ का ५२ वर्षीय महिला  भदौ ११ गते चितवन मेडिकल कलेजको इमेर्जेन्सीमा भर्ना हुन आएकी थिइन ।

सिएमसीका अनुसार उनको तुरुन्तै इमर्जेन्सीमा उपचार पनि शुरु गरियो। त्यसै दिन कोरोना परिक्षणको लागि स्वाब सँकलन गरियो र उनलाई आईसीयुमा उपचार गरियो। उनको भोलिपल्ट विहानै कोभिड पोजिटीभ रिपोर्ट आएको थियो।

त्यसपछी उनलाई कोभिड आईसीयु-२ मा सारेर पुन: उपचार शुरु गरियो। सिएमसी प्रशासनका अनुसार हिजो  डा. शितल अधिकारी र डा. दयाराम लम्सालको टिमले चितवनमा नै पहिलो पटक सफल प्लाज्मा थेरापी शुरु गरेको छ।

महिलाको ब्लड ग्रुप बी-पोजेटिभ हो। सिएमसी प्रशासनले  चितवनको ब्लड बैंकको टिम  र सो प्लाज्मा दातालाई धन्यवाद र बधाई दिएको छ । हाल चितवन मेडिकल कलेजमा जम्मा २०४ वटा वेड छुट्टयाएर वेग्लै 'इन्ट्रान्स'  बनाइ ५९ वेड सिरियस विरामीलाइ छुट्टयाइएको छ ।

दुइवटा कोभिड आईसीयु बनाएर बिरामीलाई सेवा दिइराखेको प्रदान गरिएको सिएमसी अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077