Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेप्से झिनो अंकले घट्यो

    नेप्से झिनो अंकले घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने ध्येयका साथ काठमाडौँमा निषेधाज्ञा जारी गरेको पछिल्लो १५ दिनको अवधिमा बजारले नयाँ विन्दु कायम गरेको थियो । बजार बढेर नेप्सेले धेरैपछि एक हजार ५०० विन्दु कायम गरेको थियो ।

    साताको अन्तिम दिन आज भने भने नेप्से परिसूचक ०.१५ विन्दुले घटेर एक हजार ५१०.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ ले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८६ कम्पनीको ९३ लाख दुई हजार ९७० कित्ता शेयर रु दुई अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ मूल्य बराबरको कारोवार भयो ।



    बजार पूँजीकरण भने बढेर रु १९ खर्ब ९८ अर्ब बराबर पुगेको छ । कोरोनाका कारण सम्पूर्ण आर्थिक गतिविधि समस्यामा परेको भएपनि शेयर बजारले भने सन्तोष गर्ने वातावरण बनाइदिएको छ । आज भने नेप्से झिनो अङ्कले घटेपनि केही सूचकमा भने वृद्धि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार