काठमाडाैं । धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीको राजविराज नगरपालिका-७ का ५० र ५५ वर्षका पुरुषको बिहीवार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
५५ वर्षीय पुरुषको सवा १ बजे र ५० वर्षका पुरुषको दिउँसो २ बजे करिब एक घण्टाको अन्तरमा मृत्यु भएकाे थियाे । ५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले प्रतिष्ठानमा रेफर गरेको थियो ।
यस्तै ५० वर्षीय पुरुषलाई बिहीबार दिउँसो ल्याइएको थियो । बिहीबार दिउँसो १ः २० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । उनमा श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो । चार दिनयता सिकिस्त बिरामी भएका उनी मधुमेहको रोगी रहेको पनि सापकोटाले बताए ।
Leave a Reply