Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल विद्यार्थी संघद्वारा आयल निगमको कार्यालयमा तालाबन्दी

काठमाडौं। नेपाली कांग्रेस (वीपी) निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (वीपी) ले आज नेपाल आयल निगमको बबरमहल स्थित कार्यलयमा तालाबन्दी गरेको छ ।

संगठनले कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण देखाउदै सरकारले नागरिकलाई घरमै थुनेर पटकपटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको भन्दै आपत्ति जनाएको छ ।

नागरिक रोगले भन्दा भोकले मर्ने बेला आउदा समेत अत्यावश्यक वस्तुमा गरिएको मुल्यवृद्धि आफुलाई कुनै हालतमा स्विकार्य नहुने उसले बताएको छ । पेट्रोलियम पदार्थमा लगाईएको अनावस्यक कर खारेज गर्नु पर्ने नेविसंघको माग छ ।

जनतालाई राहत दिनुपर्ने बेलामा पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरि उल्टै ढाड सेक्ने काम भएकोले बाध्य भएर निगमको कार्यलयमा तालाबन्दी गरिएको नेविसंघले बताएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यङ्करहरुलाई समेत मुल्य अभिवृद्धि कर बाहेक अन्य कर छुट नभए सम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्न आह्वान समेत गरेको जनाईएको छ ।

आफ्ना मागहरुको वेवास्ता गरि ताला खोलिएमा वा पेट्रोलियम पदार्थको ढुवानी गरेमा पेट्रोलियम पदार्थ भरी अमलेखगञ्ज डिपोमा आउदा वा डिपोबाट पेट्रोल पम्पमा जादा जुन सुकै ठाउँमा पेट्रोलियम पदार्थको ढुवानी गर्ने साधन नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी संगठनको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077