Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ८४ हजार काेराेना संक्रमित

    भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ८४ हजार काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.2K
    SHARES

    नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् ।

    सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन् । यो संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको भनाई छ ।



    पछिल्लो थप सङ्क्रमितहरुसँगै भारतमा कुल सङ्क्रमितहरुको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।



    मन्त्रालयका अनुसार कुल सङ्क्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यस बाहेक आठ लाख १५ हजार ५३८ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव भारतका प्रदेशहरु मध्ये सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । त्यस प्रदेशमा अहिलेसम्म दुई लाख दई हजार ४८ जना सङ्क्रमित भेटिएका छन् । भारतमा देशभरी एकैदिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ । भारतमा अहिलेसम्म साढे चार करोडभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार