Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रेलको ठेक्कामा ओली सरकारले अर्बौ भ्रष्टाचार गर्न लागेको पौडेलको दाबी

    रेलको ठेक्कामा ओली सरकारले अर्बौ भ्रष्टाचार गर्न लागेको पौडेलको दाबी

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेलमार्गको ठेक्का प्रक्रियामा भ्रष्टाचार हुन लागेको वताएका छन् ।

    काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्कामा हचुवाका भरमा ३५ अर्ब ठेक्काका नाममा भ्रष्टाचार हुन लागेको वताउँदै नेता पौडेलले छानविनको माग समेत गरे।



    निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको दिने तयारीले सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको नेता पौडेलले खुलासा गरेका छन्।



    नेता  पौडेलले बुधबार विज्ञप्ति जारी गरी रेलमार्ग निर्माण परियोजनाका लागि निर्माणस्थलको धरातल तय भइनसकेको र सार्वजनिक खरिद ऐन तथा खरिद नियमावलीविपरीत खुला प्रतिस्पर्धा नगराई निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिइएको आरोप लगाए ।

    नेता  पौडेलले रेलमार्गको ठेक्का रोकेर लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत न्यायिक छानविन गर्न माग गरेका छन् ।

    त्यसो त संसद चलेको भए यो विषयले अवरुद्ध नै हुने अवस्था उत्पन्न हुन थियो । तर, संसद नचलेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै संरक्षणमा प्रतिष्पर्धालाई सिमित गरी सेटिङमा ठेक्का दिन लागिएकोमा विरोध हुँदै आएको छ । टेण्डर मूल्यांकनको अन्तिम चरणमा पुगिसकेका बेला सफ्टवेर नै ह्याक भएपछि ठेक्का प्रक्रिया अबरुद्द बनेको छ।

    रेलमार्ग बनाउनका लागि अहिलेम्म जग्गा अधिकरण समेत गरिएको छैन । जग्गा अधिकरण नै नगरी टेण्डर निकालेर मोविलाइजेसन बापतको करिव ६ अर्ब रकम भागवण्डा गरी खाने दाउमा ठेकेदाहरु दौडधुप गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार