Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निषेधाज्ञा पहिला भन्दा खुकुलो,ढुवानीका लागि प्रयोग हुने साधन चल्न पाउने

    निषेधाज्ञा पहिला भन्दा खुकुलो,ढुवानीका लागि प्रयोग हुने साधन चल्न पाउने

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै फेरी एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ ।

    गृह मन्त्रायलमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।



    आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञामा यो पटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।



    निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको छ ।  निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

    त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् । हवाई उडानबाट विदेश जाने सवारी साधनलाई पनि चल्न दिनेछ ।

    काठमाडौं जिल्लाको निषेधाज्ञाको आदेश

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार