Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बागमती प्रदेशमा एसपीसहित ९० जनालाई कोरोना संक्रमण

    बागमती प्रदेशमा एसपीसहित ९० जनालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । बागमती प्रदेशमा प्रहरी उपरीक्षक (एसपी)सहित ९० जनालाई कोरोना संक्रमण भएको छ । मंगलबार साँझसम्म ९० जना पुगेको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जानकारी दिएको छ ।

    मकवानपुरमा कार्यरत प्रहरीलाई प्रदेशभरि सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । मकवानपुरमा हालसम्म ४९ जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।



    प्रहरी उपरीक्षकदेखि इन्स्पेक्टर, प्रहरी सहायक निरीक्षक ७ जना, प्रहरी हवल्दार २२ जना, प्रहरी जवान ५४ जनामा कोरोना देखिएको छ ।



    २ जना कार्यालय सहयोगीलगायतका कर्मचारी गरी ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिएका छन् ।

    मकवानपुरका ४९ सहितचितवनका ८, धादिङका १, काभ्रेमा २२, सिन्धुपाल्चोकका १, दोलखाका २, सिन्धुलीका ७ जना प्रहरीलाई हालसम्म संक्रमण पुष्टि भएको प्रहरी प्रमुख लामाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार