Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चन्दा असुुली गर्ने विप्लव समूहका २ जना पक्राउ

काठमाडौं । चन्दा संकलन गरिरहेको आरोपमा सल्यानकाे कुमाख गाउँपालिका–६, मौलाहालेबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका २ जनालाई पक्राउ गरेको छ । चन्दनिकट युवा संगठनका सदस्य २२ वर्षीय प्रकाश गिरी र १८ वर्षीय गोरख केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

मौलाहालेका एक व्यापारीसँग १५ हजार रुपैयाँ चन्दा लिइरहेको बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

उनीहरुले प्रयोग गरेको रा–४ प ६९३८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । गिरीको साथबाट २४ हजार ९ सय रुपैयाँ बरामद गरेको प्रहरीले उनीहरुविरुद्ध जबरजस्ती चन्दा असुुली मुद्दा दर्ता गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077