काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, कस्ताे बन्ला माेडालिटी?::Best Online News Portal of Nepal

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, कस्ताे बन्ला माेडालिटी?

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, कस्ताे बन्ला माेडालिटी?

अनलाइन नेपाल
  • मंगलबार, भाद्र १६ २०७७

  • 12.3K
    SHARES

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, कस्ताे बन्ला माेडालिटी?

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलाे सहित निरन्तरता दिने तयारी गरिएकाे छ । उपत्यमाभित्रका ३ वटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण निरन्तर बढिरहेकाले थप एक साता निषेधाज्ञा गर्ने तयारी प्रशासन कार्यालयहरुको छ ।

    तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे कस्ताे बनाउने भन्ने बारे मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा छलफल भएको छ ।

    उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । त्यसपछि भदौ १० गते पुनः ७ दिनका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका थिए । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार