हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गरेका छन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । सो विधेयक गत साउन ६ गते वाग्मती प्रदेश सभाबाट पारित भएको थियो । रासस
Leave a Reply