चितवन । चितवनमा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट पाँच जना बिरामीको मृत्यु भएको छ । चितवनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १७ पुगेको छ । बाहिरी जिल्लाबाट धमाधम बिरामीहरु भित्रिएकाले पनि संक्रमित र मृत्यु हुनेको संख्या बढेको हो ।
सोमबार बिहान मात्रै एक जना संक्रमित पुरुषको मृत्यु भएको थियो । सोमबार साँझ चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइरहेका मकवानपुर हेटौंडा–१५ का ५८ वर्षीय पुरुषको गए राति २ बजेर मृत्यु भएको हो । निमोनियाबाट ग्रसित उनमा संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि दिउँसो अन्य अस्पतालबाट भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुगेका तीनजना बिरामीहरुको दिउँसो दुई घण्टाको बीचमा ज्यान गएको थियो ।
कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
Leave a Reply