Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • असोज १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने

    असोज १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । सरकारले असोज १ गतेबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने निर्णय गरेकाे छ । कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने आइतबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेकाे हाे ।

    ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय सरकारले गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।



    यसअघि सरकारले ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । कोभिड-१९ संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले विद्यार्थी भर्ना गर्ने मिति सारेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार