डा. भोला रिजाल दम्पतिलाई कोरोना संक्रमण::Best Online News Portal of Nepal

डा. भोला रिजाल दम्पतिलाई कोरोना संक्रमण

डा. भोला रिजाल दम्पतिलाई कोरोना संक्रमण

अनलाइन नेपाल
  • सोमबार, भाद्र १५ २०७७

  • 5.2K
    SHARES

  • डा. भोला रिजाल दम्पतिलाई कोरोना संक्रमण तस्विर गुगल

    काठमाडौं । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नी डा. सरला घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    सोमबार दुवै जनालाई काेराेना संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका अस्पताल स्राेतले बतायाे ।

    पछिल्लाे समय फ्रण्टलाइनमा खटिने डाक्टरसहितका स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षाकर्मीमा काेराेना संक्रमण बढ्दै गइरहेकाे छ । डा. रिजालले आफूलाई कोरोना हुँदैमा कसैलाई पनि नआत्तिन आग्रह गरेका छन्। उनले कोरोना नियन्त्रणमा अहोरात्र खटिएकाहरुको मनोबल बढाइराख्‍न पनि अपिल गरेका छन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार