Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना परीक्षण शुल्क ४ हजार मात्र

    कोरोना परीक्षण शुल्क ४ हजार मात्र

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार रुपैयाँमा कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण गर्न पाइने जनाएको छ । यसअघि मन्त्रालयले पीसीआर टेस्ट गर्ने शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित्र पत्रकार सम्मेलनमा बोल्दै अब ४ हजारमा कोरोना परीक्षण गरिने जानकारी दिए ।



    प्रवक्ता गौतमका अनुसार कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकिएको छ । प्रयोगशाला तथा आफ्नै ल्याब भएका अस्पतालहरुले भने ४ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार