Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कतारमा माेबाइल एपले काेराेना संक्रमण घट्याे, सबै ठाउँ खुला

    कतारमा माेबाइल एपले काेराेना संक्रमण घट्याे, सबै ठाउँ खुला

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 3.3K
    SHARES

    काठमाडांँ । कतारमा घरबाहिर निस्किएको कोरोना भाइरस संक्रमितबारे जानकारी दिन मोबाइल एप प्रयोगमा ल्याइएको छ । ‘ऐतेराज एप्स’ को प्रयोगले भाइरस नियन्त्रणमा ठूलो मद्दत पुगेको कतारको दाबी छ । कतार सरकारका अनुसार भाइरस संक्रमित व्यक्ति स्वस्थ मानिस नजिक आए सतर्क रहन सन्देश दिन्ने गर्छ । एप डाउनलोड गरी आफ्नो स्वास्थ्य अवस्थाबारे विवरण अद्यावधिक गरेपछि यस्तो सन्देश आउने गर्छ । कोरोना भाइरस समुदायमा फैलिन नदिन यस्तो एप बनाइएको सरकारको भनाइ छ । एप कार्यान्वयनमा आएसँगै कतार हरेक दिन संक्रमितको संख्या घट्दो छ । कतारमा आइतबार १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो ।

    कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार सबै आप्रवासी र नागरिकका लागि ऐतेराज एपको प्रयोग अनिवार्य गरिएको छ । ‘यो एप डाउनलोड गरेपछि चारथरीको बारकोड आउँछ । स्वाब लिइएको व्यक्तिबारे जानकारी दिन खैरो, पोजिटिभ भए रातो, आइसोलेसनमा बसेको भए पहेँलो र नेगेटिभ देखिएको भए हरियो रङको बारकोड मोबाइलमा आउँछ,’ उनले भने, ‘त्यसअनुसार आफूले व्यवहार हुन्छ ।’



    पोजिटिभ देखिएर ४३ दिनपछि निको भएका करिमबक्स मियाँले यो व्यवस्थाले आफूलाई मानसिक रूपमा दरिलो बनाएको बताए । पछिल्लो समय भाइरसको संक्रमण नियन्त्रण उन्मुख भएसँगै कतारले भदौ १६ देखि सबै खालको जमघाट खोल्ने तयारी गरेको छ ।



    उच्चस्तरीय संकट व्यवस्थापन समितिको पूर्वनिर्धारत तयारीअनुसार विवाह समारोह, मस्जिदमा प्रार्थना, व्यावसायिक भेला, सेमिनार, कर्न्सट, वस–रेल सेवा, नयाँ शैक्षिक सत्र सुरु हुँदै छ ।

    नेपाली जनसम्पक समिति, कतारका पूर्वसभापति विमल सुवेदीले कतारमा उकुसमुकुसको वातावरण सकिएको बताए । कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार