Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मन्त्रिपरिषदको निर्णय : मगर हङकङ र ढकाल ल्हासामा महावाणिज्यदूत नियुक्त

    मन्त्रिपरिषदको निर्णय : मगर हङकङ र ढकाल ल्हासामा महावाणिज्यदूत नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 4.8K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद बैठकले हङकङ र  ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ।

    चीनको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङ  र मकाउको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो।



    राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए भने ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्।



    हङकङ र मकाउमा उदयबहादुर रानामगर जनजाति समुदायबाट पहिलो महवाणिज्यदूत भएका छन्। उनीहरुलाई महावाणिज्यदूतमा नियुक्त गर्न मंगलबार  परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार