सुनसरी । सुनसरीको धरानमा १२ जना नेपाली सैनिकसहित १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणका लागि स्वाब लिइएका १४ जना सैनिकहरुमध्ये १२ जनामा कोरोना पोजिटिभ देखिएकाे धरान उपमहानगपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार कोरोना पोजिटिभ आएका सैनिकहरुमा २३ देखि ३६ वर्ष उमेर समूहका छन् । उनीहरुलाई नेपाली सेनाको मोरङको याङ्शिलास्थित आइसोलेसन सेन्टरमा लगिने उनले बताए ।
Leave a Reply