Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार ८२२ पुग्याे

    काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार ८२२ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार ८२२ पुगेकाे छ । आज २६७ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा काेराेना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेकाे संख्या २० हजार ८२२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    कुल संक्रमित मध्ये ५४ प्रतिशत काेराेना संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए ।



    मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ५६९ जना, प्रदेश २ मा ४ हजार ७४३ जना, वाग्मती प्रदेश १ हजार २३ जना, गण्डकी प्रदेशमा १ हजार ७०७ जना, प्रदेश ५ मा ४ हजार ८४९ जना, कर्णाली प्रदेशमा २ हजार ८३ जना र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८४८ जना काेराेना संक्रमण मुक्त भएका छन् ।



    नेपालमा आज १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार