Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुरक्षाकर्मी र कैदीबन्दीमा काेराेना बढेपछि गृहमन्त्रीलाई चिन्ता

    सुरक्षाकर्मी र कैदीबन्दीमा काेराेना बढेपछि गृहमन्त्रीलाई चिन्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले कैदीबन्दी र प्रहरीहरुमा कोरोना संक्रमण बढ्दा चुनौती बढेको बताएका छन्।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवार भएको भर्चुअल बैठकमा उनले ‘संक्रमण फैलँदो’ क्रममा रहेकोमा चिन्ता व्यक्त गरे।

    समितिले कारागारमा देखिएको कोरोना संक्रमणको विषयमा गृह मन्त्री थापा, कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेल र स्वास्थ्य मन्त्रालयका कोभिड-१९ फोकल पर्सन महेन्द्र श्रेष्ठसँग छलफल गरेको थियो। बैठकमा सांसदहरूले कैदी बन्दीलाई पे रोलमा पठाएर कारागारमा कैदी संख्या घटाउन सुझाव दिएका छन् ।



    समितिले गृह मन्त्रालयलाई कैदीमा कोरोना देखिएका कारागारका सबैको पीसीआर परीक्षण गराउन निर्देशन दिएको छ। त्यस्तै प्रहरीहरुलाई पनि मास्क, फेस सिल्ड, पञ्जा उपलब्ध भए नभएको विषमया अनुगमन गरेर व्यवस्था गर्न निर्देशन दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार