Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नाग्म बजारमा सुक्खा पहिरो: तीन घरसँगै १२ पुरिएको आशङ्का

    नाग्म बजारमा सुक्खा पहिरो: तीन घरसँगै १२ पुरिएको आशङ्का

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 5.6K
    SHARES

    फाइल तस्बिर

    जुम्ला । कर्णाली राजमार्ग अन्तरर्गत नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिएका छन् । आइतबार आएको सुक्खा पहिरोले तीन घरसँगै १२ जना पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

    जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो खसेको तिलागुफा–१ का १३ वर्षीय अर्जुन हमालले जानकारी दिए। उनका ललित नेपालीको घर सहित अन्य तीन घर पहिरोले पुरिएका छन् । नेपालीलगायत १२ जनासम्म पुरिएको हुन सक्ने उनको बताए ।



    घाइते हमाललाई पहिरोबाट निकालेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको ज्ुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। उनले भने, “घाइतको भनाइलाई आधार मान्ने हो भने घर पहिरोभित्र पुरिएका मानिस तीन÷चार घण्टाभित्रै छन् । जुम्लाबाट प्रहरीको टोली पठाइसकेका छौँ । जेसिवि लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।” क्षतिको एकिन विवरण आइनसकेकाले गर्दा अहिले भन्न नसकिने उनको भनाइ छ । पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको स्थानीयको गुनासो छ ।



    कर्णाली राजमार्गकै किनारका घरमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्णरुपमा बन्द भएको छ । भत्केका घरभित्रबाट आवाज आइरहेको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीय मुनि बुढाले जनाएका छन् । भिरालो जमिनमा रहेको बस्तीका घरको सिरानमा जथाभावी पानी बगेपछि पहिरो गएको स्थानीयले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार